अवैध १७ लाख भारतीय रुपियाँसहित दुई जना पक्राउ

| 2022 Jul 23 | 11:00 am 1249

कैलाली, साउन ७ः स्रोत नखुलेको साढे १७ लाखभन्दा बढी भारतीय रुपियाँसहित कैलालीमा दुई जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीले शनिबार बिहान धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट रुपियाँसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शान्ति टोलका १८ वर्षीय सरोज धामी र १७ वर्षीय विवेक चन्द रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीले जानकारी दिएको छ ।  सशस्त्र प्रहरीको टोलीले विहान साढे ५ बजे उनीहरुलाई रुपियाँसहित पक्राउ गरेको हो ।

उनीहरुको साथमा स्रोत नखुलेको १७ लाख ६६ हजार ६७० भारतीय रुपियाँ फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीले जानकारी दिए। सशस्त्र प्रहरी अनुसार दुई हजारको ४८ थान, ५०० को तीन हजार ३४१ थान, १००, ५० र २० को एक/एक थान नोट रहेको छ ।

यसबारे थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाइने सशस्त्र प्रहरी नायब निरीक्षक जोशीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.