काठमाडौं, जेठ २८: छुट्टाछुट्टै स्थानमा अवैध हातहतियारसहित दुई जनालालाई प्रहरीले पक्राउ गरेकाे छ । कपिलवस्तु, बाणगंगा नगरपालिका-७ मोतीपुरका ४० वर्षीय नोने थारूलाई लाइसेन्स नभएको एकनाले भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै मोरङ, बिराटनगर महानगरपालिका-९ स्थित मेट्रोसिटि होटल एण्ड गित गजलको कोठा नम्बर १ सय १ मा बसेका भारत सितामडी घर भएका २२ वर्षीय कुनाल कुमार सिंहलाई सानो चाइनिज पेस्तोल १ थान, सोको म्याग्जिन १ थान, सोमा लाग्ने गोली ४ राउण्ड, कटुवा पेस्तोल १ थान र सोमा लाग्ने ४ राउण्ड गोली सहित प्रहरीले पक्राउ गरेको छ ।
कुनाल र हाल ठेगाना नखुलेका २४ वर्षीय राजु कुमार हतियार सहित होटलमा बसेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय ‘क’ बिराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कुनाललाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । अर्का राजु कुमार भने फरार रहेको छ उनकाे प्रहरीले खोजी गरिरहेको छ ।