सर्लाही, भदाै ५ः अवैध हतियार सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा स. म. न.पा. वडा नं. ११ ठुलो पल्सीका ३० वर्षीय समसुद्दिन अंसारी रहेका छन् ।
उनी र उनका दाजु वर्ष ४५ का फुल गनी अंसारी बीच बाद बिवाद झै-झगडा भएको भन्ने खबर प्राप्त भए पश्चात प्रहरी टोली खटी गई उक्त झै-झगडा छुट्याउने क्रममा समसुद्दिन अंसारीले कम्मरमा भिरेको अवस्थामा १ राउण्ड गोली लोड भएको कटुवा पेस्तोल थान-१ (एक) बरामद भएकोले उनलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको सर्लाही प्रहरीले जनाएकाे छ।