अवैध हतियार पेस्तोल सहित तीन जना पक्राउ

| 2021 Mar 14 | 12:57 pm 2537

रुपन्देही, चैत १ः अवैध हतियार पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्मरीमाई गाउँपालिका वडा न.७ बेतकुईया बस्ने  सुरज हरिजन, सोही ठाउँका तौलन हरिजन र सकिल मुसलमान रहेका छन् ।

प्रहरीले जिल्लाको मर्चवारी– ७ कन्चनापुरबाट  चेकजाँचका क्रममा १ थान गोली नभएको कटुवा पेस्तोल बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी डिएसपी एवं प्रवक्ता सत्य नारायण थापाले भारतीय नम्बरको पेल्टको मोटरसाइकललाई शंका लागि खान तलासी गर्ने क्रममा कटुवा पेस्तोल थान १ फेला परेको बताए । उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.