अवैध हतियारसहित चार जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 06 | 07:01 am 1780

पोखरा, फागुन २२ : अवैध रुपमा हातहतियार बोकेर हिडेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपा गाउँपालिका–७ तालबेशी र तिलखोरियाबाट ५५ वर्षीय नारायणबहादुर गुरुङ, ४८ वर्षीय दिलबहादुर गुरुङ, ४५ वर्षीय सुरेश गुरुङ र ५४ वर्षीय मनबहादुर थापा मगर रहेका छन् ।

उनीहलाई पाँच थान हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

उनीहरुको साथबाट भरुवा बन्दुक तीन, बोर राइफल लेन्ससहित एक र बोर राइफल (सर्ट गन) एक गरी पाँच थान हतियार बरामद भएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी गराए ।

कास्कीको रुपा गाउँपालिका–७ तालबेशी तथा सौर्यवासका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीमाथि जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक कारवाही शुरु गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.