सिराहा, असोज २२ : सिराहा नगरपालिका १७ बसपार्कबाट सोही नगरपालिका १४ बस्ने ३२ वर्षीय बशिष्ठकुमार यादवलाई अवैध रुपमा ल्याएको सुन सहित प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा स ७ प ७५१५ नम्बरको मोटरसाइकल चालक बशिष्ठकुमारको साथबाट ५० ग्राम सुन बरामद गरेको हो । प्रहरीले मोटरसाइकलमा सवार दिलिपकुमार यादव समेतलाई नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।