अवैध सुन भित्र्याउनेलाई गृहमन्त्री श्रेष्ठले नछाड्ने

| 2023 Jul 21 | 02:19 pm 1753

काठमाडौँ, साउन ५ । झण्डै १ सय किलो भन्दा माथि सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि शुक्रबार आकस्मीक निरिक्षणका लागि विमानस्थल पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइने बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र अध्यागमन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले बुधबार बरामद अवैध सुन प्रकरणका दोषी जोसुकै भए पनि कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

गृहमन्त्री श्रेष्ठले आगामी दिनमा यस्ता घटना हुन नदिन सुरक्षा निकायलाई अझ चुस्त र दुरुस्त बनाउँदै नयाँ योजना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.