अवैध सामाग्री सहित एक पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 03 | 02:05 pm 2186

सिराहा, मंसिर १७ :  अवैध रुपमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याएको करिब १ लाख १३ हजार १ सय ९० रुपैयाँ बराबरको विभिन्न खाद्य सामाग्री र अगरबत्ती सहित भारत बिहार ग्राम पंचायत बेल्हा भाला सदर टोल रामसाला का १८ वर्षीय पंकज कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहा नगरपालिका-७ स्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार छली नेपालतर्फ म्याजिक गाडीमा ल्याउदै गरेको अवस्थामा उक्त सामाग्री सहित यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.