तनहुँ, असाेज ३१ः अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा लमजुङ बेशिसहर नगरपालिका वडा नं. २ बस्ने बर्ष २५ का शन्देश धिताल रहेका छन् ।
आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्गमा अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले वीरगंजबाट लम्जुङ बेशीसहर तर्फ जान आउदै गरेको ना ६ ख ९०९७ नं.को बसलाई चेकजाँच गर्ने क्रम्मा सोही बसमा सवार धितालले कम्मरमा लुकाई छिपाई ल्याएको लागूऔषध टोर्निथाईजिन ४४ एम्पुल, नोर्फीन ४४ एम्पुल, डाईजोपाम ४४ एम्पुल गरी जम्मा १३२ एम्पुलसहित नियन्त्रणमा लिई आजै तनहुँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरेहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।