बारा, फागुन १: अवैध लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना हरसिद्धी पोष्ट मुरारपुर ग्राम पंचायत मुरारपुर वडा नं ४ का २१ वर्षीय चन्दन कुमार र बिहार जिल्ला मोतिहारी थाना मोतिहारी रामसिंह छतौनी ग्राम पंचायत वडा नं ३ का २४ वर्षीय मुकेश साह तेली रहेका छन् ।

उनीहरुलाई बिशेष सुचनाको आधारमा बुधबार बारा कलैया उपमहानगरपालिका वडा नं १० मटिअर्वा टोल स्थित कलैया–मटिअर्वा सडक खण्डमा प्रहरी चौकी मटिअर्वा बाराबाट प्रहरी नायब निरीक्ष लक्ष्मण पाठकको कमाण्डमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाचँ गर्ने क्रममा पक्राउ गरेका हुन ।
भारतको आदापुर तर्फबाट कलैयातर्फ आउँदै गरेको ना २ ह ३६१४ नम्बरको अटोलाई रोकी अटोमा सवार यात्रीहरुलाई ओराली चेकजाचँ गर्दा सोही अटोमा सवार उनीहरलाई पक्राउ गरेको बताइएको छ ।
उनीहरले साथमा बोकि आएको कपडाको झोला भित्र पत्रिकामा बेरी माथीबाट टेप लगाई लुकाई छिपाई राखेको अवस्थामा ७ ७ पोका गरी जम्मा १४ पोकामा नोफिन २ एमएल को ७ सय पिस, फेनेरगन २ एमएलको ७ सय पिस र डाइजेपाम २ एमएलको ७ सय पिसको दरले १४ पोकामा जम्मा २ हजार १ सय पिस सहित पक्राउ गरी सम्मानित बारा जिल्ला अदालत पेश गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका दुबै जनालाई अदालतबाट लागूऔषध मुद्दामा पहिलो पटक दिन ५ दिनको म्याद अनुमति लिई हिरासतमा राखि थप अनुसन्धान कार्य भई रहेको बताइएको छ ।
फरार अभियुक्त पक्राउ
बारा जिल्ला अदालतको मिति २०७३ असार १५ गतेको फैसला आदेशले केही सार्वजनिक अपराध मुद्दामा फरार रहेका प्रतिवादी बारा कोल्हवी नपा १ का श्याम भन्ने राधेश्याम चौधरीलाई २०७६ माघ २९ गते इलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएको बताइएको छ ।

अवैध घरेलु मदिरा भट्टी नष्ट
बिहीबार सिमा प्रहरी चौकी छतवा र प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा फेंटा गाउँपालिका वडा नं ३ र महागढीमाई नगरपालिका वार्ड नं ४ स्थितमा अवैध रुपमा संचालन रहेको घरेलु मदिरा भट्टी २ वटा भट्टीबाट करिब १ हजार लिटर कच्चा पदार्थ नष्ट गरिएको छ ।

