अवैध लागूऔषध सहित पाँच जना प्रहरी फन्दामा

रिपोर्ट नेपाल | 2020 Oct 05 | 03:32 pm 2602

कास्की, असाेज १९ः अवैध लागूऔषध सहित पोखरा–१६ को जोगमणीबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–१६ का २१ वर्षीय समिर गुरुङ, २१ वर्षीय अथित गुरुङ, २४ वर्षीय मोहित खवास, १८ वर्षीय मनोज विक, ३० वर्षीय कुमार ठकुरी रहेका छन् ।

लुकाइछिपाइ लागूऔषध बिक्री बितरण गर्दै आएको भन्ने विशेष सूचनाकाे आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे हो ।

प्रहरीले उनीहरुको साथबाट डाइजापाम ७ एम्पुल, फेनेरागन ७ एम्पुल, बुर्फिनफ्रिन ७ एम्पुल र गाँजा १ केजी २२३ ग्राम बरामद गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता सुवास हमालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.