अवैध लागूऔषध सहित पाँच जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 23 | 07:57 pm 1935

काठमाडौं, मंसिर ७: काठमाडौं शंखरापुर नगरपालिका ९ इन्द्रेणीबाट अवैध लागूऔषध पोल्याण्ड १ केजी सहित काठमाडौं गोकर्णेश्‍वर नगरपालिका ८ माकलबारी प्रगति चोक बस्ने भारत जितिया पोखरीया घर भएका राकेश साहलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले बा ९६ प ९८५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा साहालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका १४ बल्खुस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ८५ ट्याब्लेट सहित ललितपुर सानेपा बस्ने सर्लाही हरिवन नगरपालिका ११ घर भएका २३ वर्षीय सूर्य बहादुर तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

त्यस्तै वीरगंज महानगरपालिका १६ रजतजयन्ती चौकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका १४ दैनी खोला घर भएका २१ वर्षीय प्रकाश लामा, झापा दमक नगरपालिका १० घर भएका २६ वर्षीय मनोज कुमाल र उदयपुर गाईघाट घर भएका २४ वर्षीय रोशन थापा मगर रहेका छन् ।

प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरीले प्रकाश लामालाई नाईट्राभेट १ सय ५० ट्याब्लेट, मनोज कुमाललाई नाईट्राभेट १ सय ५० ट्याब्लेट र रोशन थापालाई नाईट्राभेट ३ सय ट्याब्लेट सहित फेला पारी पक्राउ गरेको हो ।

त्सैगरी नेपालगंज उपमहानगरपालिका २ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्राम र नगद ७० हजार रुपैयाँ सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका ६ घर भएका २५ वर्षीय सुमित बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भे ७ प १४८१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरका चालक बोहरालाई उक्त परिमाणको लागूऔषध र नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.