अवैध लागूऔषध सहित पाँच जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 11 | 01:02 pm 2010

काठमाडौं, पुस २७ :  छुट्टाछुट्टै स्थान ललितपुर र उदयुरबाट अवैध लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–१२ महालक्ष्मीस्थानबाट लागूऔषध गाँजा ८ सय ग्राम, प्रतिबन्धित लागूऔषध नाईट्रोभेट २ सय एम्पुल, ओनरफे ५ बोतल, एक सय एमएमको एक्सिलोन १ बोतल र एक सय एमएमको वीनसिरेक्स ३ बोतल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर चिवहाल बस्ने मकवानपुर घर भएका २६ वर्षीय बखतबहादुर खडका, भारत घर भएका ३३ वर्षीय अजय ठाकुर, ललितपुर नख्खु बस्ने १८ वर्षीय बिजयकुमार स्याङतान र ललितपुर लगनखेल बस्ने गोरखा घर भएका १६ वर्षीय सुदिप बराम रहेका छन् । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

त्यस्तै उदयपुर चौदण्डी गढी नगरपालिका–५ सुन्दरपुर बजारस्थित सप्तरी सप्तकोशी नगरपालिका–१ फत्तेपुरका २४ वर्षीय गोबिन्द परियारलाई अवैध लागूऔषध गाँजा करिब १ केजी सहित प्रहरीले पक्राउ गरेको छ ।

त्यहाँ रहेको एक चिया पसलमा चिया खाईरहेका परियारलाई ईलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषध गाँजा सहित पक्राउ गरेको हो  । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.