अवैध लागूऔषध सहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 06 | 06:31 pm 2380

काठमाडौं, चैत २३ : नागढुङ्गामा उदयपुरबाट काठमाडौं आउँदै गरेको ना ५ ख ११९८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार सुनसरी गढी गाउँपालिका–७ घर भएका २० वर्षीय बिकाश साहलाई नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ५० एम्पुल, फेनारगन १ सय ५० एम्पुल र नुर्फिन १ सय ५० एम्पुल सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी नागढुङ्गाबाटै बाँके कोहलपुर नगरपालिका–१५ घर भएका २६ वर्षीय सन्तोष यादवलाई नियन्त्रित लागूऔषध नाइट्राभेट २६ ट्याब्लेट र स्पार्ट १९ ट्याब्लेट सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपालगंजबाट काठमाडौं आउँदै गरेको ना ७ ख २७७६ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार यादवलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.