काठमाडौं, कात्तिक २: राक्सिराङ गाउँपालिका १ खोलाटार का ३३ वर्षीय प्रकाश मोक्तानलाई अवैध लागूऔषध गाँजा करिब १ सय २२ केजी १ सय ग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट संयुक्त रुपमा खटिएको प्रहरीले मोक्तानको घर खानतलासी गर्ने क्रममा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी विराटनगर महानगरपालिका १३ स्थित जतुवा नहरबाट सुनसरी धरान उपमहानगरपालिका ८ का १९ वर्षीय देउ राज राईलाई प्रतिबन्धीत लागूऔषध फेनारगन २९ एम्पुल, डाइजेपाम ३४ एम्पुल, एभिल १५ एम्पुल र लुपिजेसिक ३४ एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।