अवैध लागूऔषध सहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 30 | 02:24 pm 1784

काठमाडौं, मंसिर १४  : चन्द्रागिरी नगरपालिका ७ थानकोटबाट भारत विहार चम्पारणका २९ वर्षीय सविर अली र ५५ वर्षीय करण सहनीलाई अवैध लागूऔषध डाईजेपाम ६ सय ९५ एम्पुल, नुर्फिन ६ सय ९६ एम्पुल र फेनारगन ४ सय ९५ एम्पुल तथा वाइन सिरफ ७ बोतल सहित प्रहरीले पक्राउ गरेको छ ।

कलंकीबाट थानकोटतर्फ जाँदै गरेको बि आर १ ए एच ६९०८ नम्बरको भारतीय नम्बरप्लेटको कार जाँच गर्ने क्रममा कारभित्र झोलामा लुकाईछिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी कार सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.