पर्सा, फागुन ४ : बीरगंज महानगरपालिका–१६ भन्सार गेटबाट अवैध लगूऔषध करिव १२ किलो चरेश सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत बिहार पुर्वी चम्पारणका २० बर्षीय राकेश चौरासिया, भारत हरियाणाका ३० वर्षीया सोनाली साह र ३२ वर्षीया निशा साह रहेका छन् ।
नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनीहरुमध्ये चौरासियाको साथबाट ३ किलो, सोनालीको साथबाट ५ किलो र निशाको साथबाट ४ किलो अवैध लागूऔषध चरेश शरिरमा लुकाई लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नम्वर १४ गुल्म, भन्सार कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वा, पर्साबाट संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।