अवैध लागूऔषध सहित तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 28 | 06:45 pm 2494

तनहुँ, माघ १४ : लुकाई छिपाई ल्याएको अवैध लागूऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सम्मरीमाई गाउँपालिका वडा नम्बर–५ का २७ वर्षिय धर्मेन्द्र मल्लाह, धादिङ घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नम्बर–८ बस्ने वर्ष १८ को बिशाल थापा मगर र गोरखा घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर–८ बस्ने वर्ष १८ को मनिष कुँवर रहेका छन् ।

गोप्य सुचनाको आधारमा २०७५ माघ १४ गते उनीहरुलाई पक्राउ गरिएको हो । तनहुँ बन्दिपुर गाउँपालिका वडा नम्ब–५ बिमलनगर स्थित सवारी साधन चेकजाँच गर्ने क्रममा लु १ ख ७१०५ नम्बरको बसमा सवार उनीहरुले भारतिय पत्रिकाले बेरी सेतो टेप टांसी लुकाई छिपाई राखेको अवस्थामा लागु औषध डाईजेपाम सिसि १०० एम्पुल, फेनरागन सिसि १०० एम्पुल र नुफिन सिसि १०० एम्पुल गरी जम्मा ३०० थान लागूऔषध बरामद गरी पक्राउ गरिएको छ । पक्राउ परेका तीनै जनालाई स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.