अवैध लागूऔषध सहित तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 29 | 01:26 pm 2084

काठमाडौं, मंसिर १३  : कञ्चनपुर पुनर्वास नगरपालिका १० विकासबस्तीस्थित दोदा पुलबाट कैलाली धनगढी उपमहानगरपालिका- ५ का २५ वर्षीय आकास चौधरी सहित २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।

भे ९ प ८० नम्बरको मोटरसाइकललाई प्रहरीले चेक जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दिनेशले शरीरमा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध फेला पारी दिनेश सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै अर्का मकवानपुर हेटौंडा उपमहानगरपालिका -१५ रातोमाटे चेकपोष्टबाट पर्सा बीरगंज महानगरपालिका २ छपकैया का २१ वर्षीय बिश्वास क्षेत्रीलाई करिब २० किलो अवैध लागूऔषध गाँजा सहित आज बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट बीरगंजतर्फ जाँदै गरेको ना १ ज ६१११ नम्बरको सुमो जाँच गर्ने क्रममा सिटमुनी बोरामा लुकाईछिपाई लैजाँदै गरेको अवस्थामा उक्त गाँजा फेला पारी सुमो सहित चालक क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.