अवैध लागूऔषध सहित तीन जना पक्राउ

| 2022 Mar 15 | 06:11 pm 1521

काठमाडौं, चैत १ः काठमाडौं महानगरपालिका-१३ टंकेश्वरस्थित सडकबाट ९ सय पिस नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१२ टेकु बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-४ घर भएका २० वर्षीय अनिश थापा मगर र भारत उत्तर प्रदेश महाराजगञ्‍ज वरमाभोजका १९ वर्षीय अजय गौतम रहेका छन् । लागूऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-६ मेचीपुल छेउबाट २३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित धनकुटा पाख्रिबास नगरपालिका-३ बस्ने ३३ वर्षीय बिनोद घिमिरेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.