अवैध लागूऔषध सहित एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Oct 27 | 05:15 pm 1524

बझाङ, कात्तिक १०: वित्थडचिर गाउँपालिका ३ बाट अवैध लागूऔषध चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनको साथबाट करिब १४ केजी चरेशसहित कन्चनपुर शुक्लाफाँटा नगरपालिका ८ बस्ने २१ वर्षीय दिनेश जप्रेललाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी स्याडीबाट खटिएको प्रहरीले चैनपुरबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख १७७४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

जप्रेलसंग रहेका १ जना हाल फरार रहेकाले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.