अवैध लागूऔषध सहित एक पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 23 | 01:24 pm 2283

सुनसरी, पुस ८ : धरान उपमहानगरपालिका–८ भोटेपुल चोकबाट सोही ठाउँ का ३७ वर्षीय बिशाल विश्वकर्मालाई अवैध लागूऔषध स्पास्मो प्रोक्सीभन ५ सय ४ क्याप्सुल र अवैध लागूऔषध गाँजा करीब २ सय ग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित विकलाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.