पर्सा, माघ १ : विरगंज महानगरपालिका–११ श्रीपुरबाट बिन्दबासीनी गाउँपालिका–७ का २१ वर्षीय उपेन्द्र दासलाई करिब २० किलो ७ सय ग्राम लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित खटिएको प्रहरीले ना.४० प ४२५९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा बोरामा लोड गरी ल्याएको उक्त गाँजा फेला पारी मोटरसाइकल सहित दासलाई प्रहरीले पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।