अवैध लागूऔषध सहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 28 | 12:49 pm 2225

तनहुँ, माघ १४ बन्दीपुर गाउँपालिका–४ बिमलनगरबाट रुपन्देही सेमीमाई गाउँपालिका–४ का २७ वर्षीय धर्मेन्द्र मल्लाहालाई प्रतिबन्धीत लागूऔषध डाइजेपाम १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल र फेनारागन १ सय एम्पुल सहित आज सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट संयुक्त रुपमा खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ७१०५ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार मल्लाहालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.