अवैध लागूऔषध चरेस सहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 17 | 01:37 pm 2027

काठमाडौं, माघ ३ :  बैदेशिक हुलाक भन्सार कार्यालयबाट हङकङतर्फ पठाउन लागेको अवैध लागूऔषध चरेस १५ केजी ५ सय ग्राम सहित नुवाकोट काउले गाविस–३ कि २९ वर्षीया कान्छीमाया घलेलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले १ सय ४८ वटा धुपको बट्टामा फल्स बटम बनाई लुकाई छिपाई हङकङतर्फ पठाउन लागेको उक्त लागूऔषध सहित घलेलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.