अवैध लागूऔषध चरेससहित तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 10 | 12:39 pm 1991

धादिङ, फागुन २६: अवैध लागूऔषध १०५ किलोग्राम चरेससहित प्रहरीले आज बिहान तीन जनालाई धादिङको गजुरीबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला कर्मैयामाई गाउँपालिका–७ का ३५ वर्षीय अनिल चौधरी र विन्दबासिनी गाउँपालिका–३ का श्रीराम साह कानु रहेका छन् ।

काठमाडौंबाट वीरगञ्जतर्फ जान लागेको ना ५ ख २८१२ नम्बरको बसमा लुकाइछिपाई लागिएको अवस्थामा बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।

उनीहरुलाई इलाका प्रहरी कार्यालयको टोलीले चेकजाँचको गर्ने क्रममा पक्राउ गरिएको प्रहरी जानकारी दिए । यस विषयमा थप प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.