अवैध लागूऔषध चरेससहित तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Mar 15 | 02:48 pm 2419

कपिलवस्तु, चैत २: अवैध लागूऔषध चरेससहित विवराज नगरपालिका वडा नम्बर ३ रहटकोलबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ हसिपुर गाउँपालिका वडा नम्बर २ का रमतुल मिया, दाङकै राप्तीगाउँपालिका वडा नम्बर १ लम्तियाका जितमान मिया र रोल्पा सुन छाहारी गाउँपालिका वडा नम्बर २ का जपी बुढा रहेका छन् ।

उनीहरुको साथबाट अवैध लागूऔषध चरेश १८ किलो ५ सय ग्राम चरस बरामद गरेको जिल्ला प्रहरी कार्याललयले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.