अवैध लागूऔषध चरेशसहित आमाछोरी पक्राउ

| 2019 Mar 28 | 01:52 pm 3513

पर्सा, चैत्र १४ : अवैध लागूऔषध चरेशसहित वीरगन्जको इनर्वाबाट बिहीबार बिहान प्रहरीले आमा छोरीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–१० मा स्थायीघर भई हाल वीरगन्ज महानगरपालिका–१ छपकैयामा डेरा गरी बस्ने ३८ वर्षीया अन्जुदेवी कर्ण र उनकी १४ वर्षीया छोरी रहेका छन् । प्रहरीले अन्जुकी छोरीको नाम भने खुलाएको छैन।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले सडकमा चेकजाँच गर्ने क्रममा २४ वटा प्याकेटमा रहेको धुलो ६ किलो चरेशसहित आमाछोरीलाइ पक्राउ गरेको छ ।

उनीहरुलाई वीरगन्जबाट रक्सौल तर्फ पैदल जाँदै गरेको अवस्थामा आमा छोरीलाई शंका लागेर चेकजाँच गर्दा शरीरमा प्लाटिकको टेपले बेरर राखिएको अवस्थामा चरेश फेला परेको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।

पक्राउ परेका अन्जु देवी र उनकी छोरी दुवैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए।

अन्जु देवीले प्रहरीसमक्ष दिएको बयान अनुसार एकजना व्याक्तिले लागु‍औषध रक्सौल पुर्‍याइ दिन उनलाई ति व्यक्तिले ४ हजार रुपैयाँ दिएपछि लागुऔषध पुर्‍याउन रक्सौल गएको बताएका नायव उपरीक्षक शर्माले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.