धनकुटा, माघ ७ : धनकुटा नगरपालिका–९ मुलघाटबाटअवैध लागूऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदभूमि गाउँपालिका–४ छिन्ताङका २० वर्षीय भुपाल राई र सोही ठाउँ बस्ने २० वर्षीय जजल राई रहेका छन् ।
उनीहरुले लुकाईछिपाई ल्याएको करिब ४० किलो अवैध लागूऔषध गाँजा सहित आज सोमबार बिहान उनीहरुलाई प्रहरीले पक्राउ गरको छ ।
प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले बा.२६ प ६५४० र को.११ प ३८२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।