चितवन, भदाै २२ः राप्ती नगरपालिका-८ स्थित कालिका सामुदायिक वनबाट करिब १ सय किलो अवैध लागूऔषध गाँजा सोमबार प्रहरीले बरामद गरेको छ ।
सोही वनको टोलीले गस्ती गर्ने क्रममा वनभित्र अपरिचित व्यक्तिहरु बोरा जंगलभित्र फाली भागेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उक्त झोला जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
त्यस्तै बुङगल नगरपालिका-३ विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका-६ बड्डीज्याबन बस्ने २७ वर्षीय हरजित बोहरा र सोही ठाउँ बस्ने २३ वर्षीय बिरेन्द्र बोहरा रहेका छन् ।
सुदुर पश्चिम प्रदेश प्रहरी अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उक्त छाला र हड्डी फेला पारेको हो ।