अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ

| 2019 Apr 04 | 11:44 am 2328

मकवानपुर, चैत्र २१ : अवैध लागुऔषध  गाँजा २ सय १२ किलो सहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी बर्दिवास–११ का ३६ वर्षीय चालक रामजस यादव र १९ वर्षीय उज्वल गुर्मछाने मगर रहेका छन्।

उनीहरु लाई पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा–३ स्थित तीनताप्केबाट ना ३ च ३७६९ नम्बरको पिकअप गाडीमा लुकाएर ल्याउँदै गरेको गाजासहित पक्राउ गरेको प्रहरीले जानकारी दिए ।

विशेष सूचनाका आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवनकुमार झा सहितको संयुक्त टोलिले गाडी चेकजाँच गर्दा गाजा फेला परेको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए।

पिकअप गाडीको पछाडीको ढालामा त्रीपालभित्र प्लास्टिकमा बेरेर राखेको चारपाटे आकारको ३० वटा पोकामा उक्त परिमाणको गाजा फेला पारेका एसपी सिंहले जनाए । उक्त घटनाबारे थप अनुसन्धानका भइरहेको प्रहरी प्रमुख सिंहले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.