वीरगञ्ज, माघ १७ : अवैध रुपमा लैजादै गरेको लागूऔषध गाँजासहित सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मले आज बिहिबार बिहान एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ठोरी गाउँपालिका–१ पकहामैनपरका ३० वर्षीय कोजा मियाँ हजाम रहेका छन् । प्रहरीले चेकजाँच गर्दा मियाँले झोलाभित्र लुकाई ल्याएको पाँच किलो तयारी गाँजा भारततर्फ लैजान गर्दा पक्राउ गरिएको निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक पदम खड्काले जानकारी दिए ।
पक्राउ परेका हजामलाई कारवाहीका लागि इनर्वास्थित प्रहरी चौकीमा पठाइएको छ । तीन हजार प्रतिकिलोका दरले तस्करले उक्त गाँजा खरीद गरी भारतमा १५ देखि २० हजार प्रतिकिलोमा बेच्न सकिने भएकाले यस्को तस्करी बढेको बुझिएको छ ।