मोरङ, माघ २८: अवैध लागूऔषध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बुढीगङ्गा गाउँपालिका–५ का ४० वर्षीया रमिना माझी रहेका छन् ।
उनले उक्त गाँजालाई स–सानो पोका बनाइ बिक्री वितरण तथा सञ्चय गरेर राखेको अवस्थामा प्रहरीले महिलालाई पक्राउ गरेको जानकारी दिएको छ ।
उनको घरबाट एक किलो तथा प्याकिङ गरिएको २८ पोका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मानबहादुर राईले जानकारी दिए ।
मोरङको नेमुवाबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको बताइएको छ ।
यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।