सर्लाही, १८ माघ : लुकाईछिपाइ बिक्री वितराण गर्नका लागि ल्याएको अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हरिवन नगरपालिका–६ घुर्कौलीका २९ वर्षीय रासलाल महतो रहेको रहेका छन् । प्रहरी उपरीक्षक पोषराज काफ्लेका अनुसार हरिवन नगरपालिका–११ बासाटोलबाट अवैध लागूऔषध गाँजा ५० किलोसहित उनलाई पक्राउ गरेको बताए ।
विशेष सुराकीको आधारमा बिहीबार राति इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोली बासाटोलस्थित घुर्कौली जाने कच्ची सडकखण्डमा ज १ ज ३४४ नम्बरको म्याजिक भ्यानलाई चेकजाँच गर्ने क्रममा दुईवटा बोरामा राखिएको उक्त गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।