काठमाडौं, फागुन १६ : अवैध रुपमा लुकाइछिपाई ल्याएको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका–६ खरीपाटीबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जडिबुटी बस्ने उदयपुर बेलका नगरपालिका–४ गौरीचौर घर भएका २३ बर्षीय गोविन्द कुमार गिरी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको साथबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो सहित प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग खरीपाटीबाट खटिएको प्रहरी टोलीले नगरकोटबाट भक्तपुरतर्फ जाँदै गरेको बा.१ ज ५२६२ नम्बरको सुमो गाडी चेकजाँच गर्ने क्रममा डिक्कीमा रहेको २ वटा झोलामा उक्त लागूऔषध फेला पारी चालक गिरी सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिए ।