कञ्चनपुर, माघ २८: जिल्लाको लालझाडी गाँउपलिका १ बाट अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका ७ का २४ वर्षीय अनिलजङ्ग खड्का र गोदावारी नगरपालिका २ का २५ वर्षीय गणेश महरा रहेका छन् ।
से ५ प ७०५० नम्बरको मोटरसाईलमा जाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले बताए।
त्रिभुवनबस्ती इलाका प्रहरी कार्यालय बाट गएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा दुवैको साथबाट खैरो हेरोइन बरामद भएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको बचाइएको छ।