सर्लाही, साउन ६ः अवैध लागूऔषध कालो हिरोईन सहित मानिस प्रहरील पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सर्लाही बागमति नगरपालिका वडा न.१० सोल्टी बस्ने २३ वर्षीय सुमन वि.क. रहेका छन् ।
सर्लाही बिष्णु गाउँपालिका वडा न.१ बारा गाउँ स्थितमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बारा सर्लाहीबाट खटिएको टोलीले प्रदेश २-०३-००६ प ३७५१ नम्वरको मोटरसाइकल चलाई भारतको मेजरगंज तर्फबाट नेपालको बारा गाउँ तर्फ आउने क्रममा उनलाई रोकी उनको शरिर तथा उनले चलाई ल्याएको मोटरसाइकल समेत तलासी लिइएकाे थियाे ।
तलासी लिदा उनकाे साथबाट मोवाईल ३ वटा र मोटरसाइकलको लेगार्डमा झुण्डयाएको झोलाबाट रु.१७ लाख ८२ हजार ५ सय तथा सोही झोलाबाट Home Lite लेखिएको सलाईको बट्टा भित्र कागजमा बेरिएको सानो सानो पुरियाहरु १० वटामा लागूऔषध खरानी रंङको (हिरोईन) जस्तो धुलो पदार्थ कागज फेला परेकोले उक्र खरानी रङको हिरोईन जस्तो पदार्थ कागज सहित ५ ग्राम २७० मि.लि. भएको र कागज हटाई तौल गर्दा २ ग्राम २१० मि.लि. बरामद भएकोले वि.क.लाई बरामद दशी सहित पक्राउ गरी जि.प्र.का.सर्लाही मलंगवामा दाखिला गरेको छ ।
बरामद पैसा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाउनको लागि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बारा सर्लाही राखेको भनी बुझिन आएको जानकारी प्राप्त भएको छ । वि.क.उपर लागूऔषध मुद्दा दर्ता गरी अनुसन्धान कार्य भईरहेको बताइएकाे छ ।
गाँजा सहीत मानिस नियन्त्रण लिएको समबन्धि
सर्लाही चन्द्रनगर गाउँपालिका २ बबरगंज बस्ने बर्षी ५३ का तुल्सी साहको घरमा लागूऔषाध गाँजा बेचिरहेको छ भनि बिषेश सुराकिको अधारमा प्रहरी टोली खटिगई निजको घर खानतलासि गर्दा प्लास्टिकको बालटिनमा लुकाई छिपाई राखेको २२ पुरीया (७० ग्राम)
लागुऔषाध गाँजा बरामद गरी निज तुल्सी साह समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरीक्षाक बिजय यादवले बताए ।