काठमाडौं, साउन २: पर्साको वीरगंज महानगरपालिका २८ बगहीबाट अवैध लागूऔषध गाँजा करिब १ सय २० केजी सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका १७ का २१ वर्षीय रमेश लामिछाने, पर्सा पटेर्वासुगौली गाउँपालिका ४ का ४२ वर्षीय प्रेम दास, पर्सा सखुवाप्रसौनी गाउँपालिका ६ का ३५ वर्षीय राजेश खवास र सर्लाही लालबन्दी नगरपालिका १७ का २० वर्षीय डम्मरमणि घिमिरे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिआर ०१ डिबी ०००३ नम्बरको कार र ना २४ प ८७६४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा कारमा उक्त परिमाणको लागूऔषध राखी सर्लाहीतर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी ४ जनालाई पक्राउ गरेको हो ।
त्यस्तै सर्लाहीको बागमती नगरपालिका ११ स्थितबाट रौतहट चन्द्रपुर नगरपालिका १ का १९ वर्षीय सुमन रायमाझी र सर्लाही बागमती नगरपालिका १२ का २१ वर्षीय संजय तमाङलाई प्रतिबन्धीत लागूऔषध नाईट्रोभेट ट्याबलेट २ सय २५ पिस सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ज ४ प ७२३५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस विषयमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।