सर्लाही, फागुन २५ः अवैध लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा कबिलासी न.पा. २ बस्ने बर्ष ३० का संजय कुमार महतो र वडा नं. १ बस्ने बर्ष ५४ का अहमद अली रहेका छन् ।
हरिवन न.पा. ११ कुश्वाहा मेडिकल नजिक पुर्व पश्चिम लोक मार्गमा खटिएको चेकिङ प्रहरी टोलीले ना.१४प. ७७३० नं.को मोटरसाइकल चेक जाँच गर्ने क्रममा मोटरसाइकलको सिट मुनी कालो प्लाष्टिकमा लुकाई राखेको लागूऔषध नाईट्भेट १५ पत्ता फेला परेकोले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको सर्लाही प्रहरीले जानकारी दिएकाे हाे ।