अवैध लागूऔषधसहित पक्राउ

रिपोर्ट नेपाल | 2024 Feb 26 | 07:58 am 957

सुर्खेत, फागुन १४। वीरेन्द्रनगर नगरपालिका-११ स्थित चन्द्रा ईन्जिनियरिङ वर्कसपको कामदार बस्ने कोठाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्रामसहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही कोठामा बस्ने २८ वर्षीय प्रवेश सापकोटा, १८ वर्षीय र १७ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ भन्सार रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्रामसहित गोदावरी नगरपालिका-२ बस्ने २७ वर्षीय राजन मल्ललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली  र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.