काठमाडौं, भदौ २१: छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-३० पिपलडाँलीका ३० वर्षीय शुदर्शन तिवारीलाई नियन्त्रित लागूऔषध डाइजेपाम २९ एम्पुल, फेनारगन ३५ एम्पुल, नुर्फिन २९ एम्पुल र नाइट्रोभेट १५ ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै सर्लाही, हरिवन नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध नाइट्रोभेट १ सय ४८ ट्याब्लेट सहित हरिवन नगरपालिका-५ का २२ वर्षीय महिन्द्र महतोलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।