अवैध लागूऔषधसहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2019 Dec 28 | 08:14 pm 1539

काठमाडौं, पुस १२: चन्द्रगिरी नगरपालिका २ नागढुङगाबाट अवैध लागूऔषध चरेश १ केजी सहित धादिङ धुनीवेशी नगरपालिका ७ का २१ वर्षीय पाल्टेन लामा र ५५ वर्षीय माईला तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले कुलेखानीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४०१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.