ललितपुर, कात्तिक २२ः जिल्लाको महालक्ष्मी नगरपालिका १ बाट शनिबार खैरो हिरोईन जस्तो देखिने १०१ ग्राम लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाजुरा घर भई हाल ललितपुर, महालक्ष्मी नगरपालिका ९ लुभु बस्ने २२ वर्षीया बिनिस्था धामी र १८ वर्षीय
सुरेश धामी रहेका छन् ।
उनीहरुलाई महानगरीय प्रहरी वृत सातदोबाटोबाट खटिएको प्रहरी टोलीले प्रकाउ गरी थप अनुसन्धान भई रहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष तामाङद्वारा हस्ताक्षरीत विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।