ललितपुर, पुस १७: अवैध लागूऔषध कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोनामा घले र मिन बहादुर गुरुङ रहेका छन् ।
उनीहरुलाई ललितपुर महानगरपालिका २ सानेपामा अवैध लागूऔषध कारोबार भईरहेको भन्ने विषेश सुराकीको आधारमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।

शंका लागी चेकजाँच गर्दा सोनाम घलेको साथबाट अवैध लागूऔषध सेतो हिरोईन जस्तो देखिने पदार्थ १.५ ग्राम फेला परेको र मिन ब।गुरुङको साथबाट २५.५ ग्राम फेला पारी पक्राउ गरेका जनाएको छ ।
सोधपुछ गर्दा मिन ब गरुङ काठमाडौंको बुढानिलकण्ठ नपा वडा नं ४ पासीकोटमा खानतलासी गर्दा थप ७० ग्राम लागूण्औषध सेतो हिरोईन जस्तो देखिने पदार्थ फेला परेको थियो ।
यस घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।