काठमाडौं, भदौ १४: बुढानिलकण्ठ नगरपालिका-१० कपन रुद्रमती चोक बस्ने तेह्रथुम आमल गाउँपालिका-५ घर भएका ३० वर्षीय सुमन लिम्बुलाई लागूऔषध आईस २ दशमलब ३० ग्राम सहित प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै मोरङ, लेटाङ गाउँपालिका-२ बुधबारे बस्ने ६० वर्षीय हरिन्द्र कुमार राईलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी नवलपरासी (पूर्व), देवचुली नगरपालिका-१७ बस्ने ७४ वर्षीय मिन बहादुर मल्ललाई अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्राम सहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको लागूऔषध गाँजा फेला परेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएकाे छ ।