तनहुँ, माघ २६: प्रतिबन्धित अवैध लागूऔषधसहित तनहुँमा प्रह्रीले एक युवकलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा २५ वर्षीय विक्रम अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालाबाट अवैध लागूऔषधसहित पक्राउ गरिएको जनाइएको छ ।
अधिकारीको साथबाट प्रहरीले १ सय २० थान लागूऔषध र १ थान मोबाइल फोन बरामद गरेको छ ।
पक्राउ परेको युवकलाई लागूऔषधसहित आइतबार सार्वजनिक गरी आवश्वक कारबाहीका प्रकृया अगाडि बढाइने बताइएको छ ।