सिरहा, असार २९ः अवैध लागूऔषधसहित सिरहामा एक युवकलाई प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा जिल्लाको बरियारपट्टी गाउँपालिका २ श्रीपुरका २० वर्षीय चन्दन कुमार यादव रहेका छन् ।
इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको सादा पोशाकको प्रहरी टोलिले आइतबार शंका लागि पैदल यात्रा गरिरहेका यादवलाई चेकजाँच गर्दा लागूऔषध फेला परी पक्राउ गरिएको सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
पक्राउ परेका यादवको साथबाट लागूऔषध अल्प्राजोल्याम ट्याबलेट १ हजार ८ सय पिस (३० पत्ता) र पेन्टाजोसाईन २ सय ७१ एम्पुल बरामद भएको उनले बताए ।
यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।