अवैध लागूऔषधसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2022 Jul 02 | 08:32 am 2957

सर्लाही, असार १८ः मलंगवा नगरपालिका वडा नं. ८ स्थित खटिएको प्रहरी चेकिङ टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको बर्ष २० को महमद बसिर साह फकिरलाई अवैध लागूऔषधसहित प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरीले उनलाई शंका लागि खानतलासी गर्दा उनको साथ बाट NITRA ZEPAM TABLET २
पता (२०पिस ) फेला पारेकाे हुँदा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको सर्लाही प्रहरीले जानकारी दिएकाे हाे ।

त्यसैगरी फरार रहेका एक अभियुक्तलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाही ब्रहम्पुरी
गाउँपालिका ३ भेल्हीबाट लगत नं.१७४३ मिति २०६८।०४।२४ गतेको फैसला अनुसार गाली बेईजति मुद्धाका फरार प्रतिवादी वर्ष ५५ का बिमलेश साहलाई प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत मलंगवा सर्लाहीमा बुझाएको जानकारी दिएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.