तनहुँ, माघ २७: अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ , पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका १ नाला घर भएका २५ वर्षीय बिक्रम अधिकारी रहेका छन् ।
उनलाई प्रतिबन्धित लागूऔषध डाइजेपाम ४० एम्पुल, नुर्फिन ४० एम्पुल र फेनारगन ४० एम्पुलसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
अधिकारीले अवैध रुपमा लागूऔषध लुकाई छिपाई बिक्री बितरण गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी मकवानपुर, राक्सिराङ गाउँपालिका २ च्याम्राङ डाँडाबाट अवैध लागूऔषध गाँजा करिब ९ केजी फेला पारी प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी चैनपुरबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिले प्लास्टिकको झोला छोडेर फरार भएपश्चात प्रहरीले झोला तालसी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।