अवैध लागूऔषधसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 19 | 04:57 pm 1837

धनुषा, असोज २: जनकपुर उपमहानगरपालिका-१३ मुजेलियाका २२ वर्षीय सन्तोष कुमार मण्डललाई अवैध लागूऔषध गाँजा करिब १० ग्राम र  नियन्त्रित लागूऔषध नाईट्रोभेट ५३ ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी वालुवाबाट खटिएको प्रहरीले जनकपुर उपमहानगरपालिका-७ वालुवाबाट उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.